दफा २८
रेल्वे वा अरू प्रतिस्थापनको छिमेकमा थप प्रहरी खटाउने
(१) हवाई अड्डा, रेल्वे,नहर वा अरू कुनै लोककार्य वा कारखाना, व्यापारिक प्रतिस्थापन, मनोरन्जन सुविधा र यातायातको निर्माण भइरहेको वा चलेको अवस्थामा सो कार्य कारखाना वा प्रतिस्थापनमानियुक्त, वा त्यहाँ आवत जावत गर्ने व्यक्तिहरूको व्यवहार वा व्यवहारको आशंकाले कुनै समय त्यस्तो ठाउँमा थप प्रहरीको आवश्यकता सम्झेमा नेपाल सरकारले आवश्यक भएसम्मका लागि आवश्यक सम्झे जति संख्यामा थप प्रहरी खटाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम थप प्रहरी खटाइएकोमा सो खटाउँदा लागेको खर्चनेपाल सरकारले जुन कार्य, कारखाना वा प्रतिस्थापनका लागि खटाउनु परेको हो, त्यसबाट भराउने आदेश दिन सक्नेछ र सो कार्य, कारखाना वा प्रतिस्थापनको कोषबाटसो खर्च व्यहोर्नु पर्छ ।
(३) नेपाल सरकारले यस दफा अन्तर्गत आफूले प्राप्त अधिकार नेपाल राजपत्रमासूचना प्रकाशित गरी प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, प्रमुख जिल्ला अधिकारी वा अञ्चल उपरिक्षकलाई सुम्पन सक्नेछ ।